×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ बर्षदेखि लगानीकर्तालाई हुने भो राहत : सेमी-अनलाइन प्रणालीमा कारोबार सुरु हुँदै !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नयाँ बर्षदेखि लगानीकर्तालाई हुने भो राहत : सेमी-अनलाइन प्रणालीमा कारोबार सुरु हुँदै !

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल धीतोपत्र बोर्डले सेमी अनलाइन कारोबार प्रणाली सुरु गर्ने भएको छ । आउँदो बैसाखदेखि  सेमी अनलाइन प्रणाली सुरु भइसक्ने बताइएको छ । अर्थ सरोकारकर्मीसँग कुराकानी गर्दै धीतोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले यस्तो बताएका हुन् । उनका अनुसार पूर्ण रुपमा अनलाइन कारबार प्रणाली ल्याउन केहि समय लाग्ने हुनाले यस्तो सेमी- अनलाइन कारोबार प्रणाली ल्याउने तयारीमा बोर्ड लागेको छ । 
यो प्रणाली अन्तर्गत लगानीकर्ताले खरिद गर्न चाहेको सेयर अर्डर गर्न पाउनेछन् । तर यो प्रणालीमा ब्रोकरहरुलाई उपलब्ध गराइएको लगइन टर्मिनल प्रयोग गर्नुपर्छ । यस प्रणालीमा ब्रोकरको अधीनमा रहने गरी लगानीकर्ताहरुलाई समेत लगइन सेवा दिइनेछ । यो सेवाले सेयर कारोबार हुने केहि झन्झटयुक्त कामलाई सजिलो बनाउने विश्वास लिइएको छ । 
यो प्रणाली अनलाइन कारोबार पूर्ण रुपमा नआउन्जेलसम्मका लागि मात्र भएको बताइएको छ । अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा आउन भने अझै केहि समय लाग्ने बताइएको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: