×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारको वर्तमान अवस्थाको आधारभूत तथा प्राविधिक विश्लेषण सम्बन्धि नि:शुल्क सेमिनार हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बजारको वर्तमान अवस्थाको आधारभूत तथा प्राविधिक विश्लेषण सम्बन्धि नि:शुल्क सेमिनार हुँदै

Artha Sarokar

१८ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विगत केहि समयदेखि नेपाली लगानीकर्ताहरुलाई लक्षित गर्दै विभिन्न विषयमा सेमिनार गर्दै आएको थ्री एस इन्भेष्टमेन्टले यो सातापनि बजारको वर्तमान अवस्थाको आधारभूत ताहा प्राविधिक विश्लेषण नामक सेमिनार गर्ने भएको छ । यहि मिति २०७३ साल चैत्र १९ गते शनिबार विहान ११ बजे भक्तपुरस्थित लगानीकर्ता छलफल घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
‘बजारको वर्तमान अवस्थाको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न जानेपछी लगानीकर्तालाई निकै फाइदा हुने हाम्रो विश्वास छ ।’ संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष राज बजगाईंले भने, ‘लगानीकर्ताले प्राविधिक विश्लेषणलाई धेरै जोड दिनुभएको छ । हामीले पनि लगानीकर्ताको चासोलाई सम्बोधन गर्ने प्रयास गरेका छौँ ।’ 
धीतोपत्र डटकमले प्राविधिक सहयोग गरेको उक्त कार्यक्रममा नेपालको अग्रणी आर्थिक समाचार पोर्टल अर्थ सरोकार डटकम मिडिया पार्टनरको रुपमा रहेको छ । कार्यक्रममा सहभागी हुन  यहाँ क्लिक गर्नुहोस् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी