
काठमाण्डौ । ‘आफ्नै हात जगन्नाथ’ भनेझैं नेपाली सेनामा पहुँचदार जर्नेल र कर्णेल (जरसा’ब–करसा’ब) लाई जागिरपछि पनि मस्ती छ।
सेनामा दक्ष बहालवाला अधिकृतलाई पन्छाएर पहुँचकै आधारमा सयौं जर्नेल–कर्णेल अवकाशपछि पनि करार सेवामा जागिर खाइरहेका छन्। ‘आवश्यकता र दक्षता’ का नियुक्त गरिएका उनीहरुले एकातिर पेन्सन, अर्काेतिर विशेष भत्ता गरी दोहोरो सुविधा लिइरहेका छन्।
यसरी अवकाशपछि पनि लाभको पदमा ‘लाइन मिलाएर’ जागिर खाने सयभन्दा बढी पूर्वअधिकृत छन्। केही त १५ वर्षदेखि एउटै पदमा करार नवीकरण गर्दै जागिर खाइरहेका छन्। सेनाभित्रै दक्ष जनशक्ति हुँदाहुँदै अवकाशप्राप्त अधिकृतलाई वर्षौंसम्म करारमा नियुक्त गरिँदा संगठनभित्र असन्तुष्टि बढेको स्रोत बताउँछ।
रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागिला संगठनको आवश्यकता अनुसार अवकाशप्राप्त अधिकृतलाई करारमा नियुक्त गरिएको बताउँछन्। ‘आवश्कयता हेरेर अवकाशप्राप्तलाई करारमा नियुक्त गरिएको हो, यो स्वाभाविक पनि हो’, उनले भने। करारमा नियुक्त पेन्सन सुविधाबाहेक भत्ताका नाममा पहिलेको तलबसरह वा अझ बढी रकम सुविधाबापत बुझ्छन्। यसरी करारमा राखिएकालाई भत्ताका नाममा विभिन्न सुविधा दिइँदै आएको छ। सेनामा चार–चार वर्षमा नेतृत्व परिवर्तन भए पनि करारमा नियुक्तले लामो समयसम्म काम गर्दै आएका छन्। यसबाट सेनामा प्रवेश गरेको पछिल्लो प्राविधिक जनशक्ति असन्तुष्ट छ।
सैनिक कल्याणकारी कोषले सञ्चालन गरेका अस्पताल, पेट्रोलपम्प, स्कुलमा अवकाशप्राप्त सयभन्दा बढी सैनिक अधिकृतले करारमा काम गरिरहेका छन्। त्यस्तै प्रत्येक विकास क्षेत्रमा रहेका पृतना कार्यालयमा पाँच/पाँच जना अवकाशप्राप्त अधिकृत क्षेत्रीय सम्पर्क अधिकृतका नाममा करार सेवामा छन्। सैनिक कल्याणकारी कोषको कार्यालयमा ८ जना अवकाशप्राप्त अधिकृत करारमा कार्यरत छन्।
कोष सञ्चालक समितिमा अध्यक्ष प्रधानसेनापति, संरक्षक प्रधानमन्त्री र सहसंरक्षक रक्षामन्त्री हुने प्रावधान छ। अर्थ र रक्षा मन्त्रायलका सहसचिव कोष सञ्चालक समितिको पदेन सदस्य हुन्छन्। कोषको प्रमुख कार्यकारी अधिकृतमा अवकाशप्राप्त चित्रबहादुर गुरुङ चार वर्षदेखि करारमा छन्। उनको मासिक एक लाख रुपैयाँभन्दा बढी भत्ता मात्रै हुने त्यस कोषका कर्मचारी बताउँछन्। गुरुङ अवकाशप्राप्त रथी हुन्।
पूर्वाञ्चल विकास क्षेत्र पृतनामा क्षेत्रीय सम्पर्क अधिकृतका रुपमा अवकाशप्राप्त महासेनानी साहजन खाँडसहित पाँच पूर्वअधिकृत करारमा छन्। मध्याञ्चल विकास क्षेत्र पृतना कार्यालयमा पूर्व महासेनानी अनन्तकुमार बस्नेतको नेतृत्वमा पाँच पूर्वअधिकृत क्षेत्रीय सम्पर्क अधिकृतमा करारमा कार्यरत छन्।
यस्तै, पश्चिमाञ्चल विकास क्षेत्र पृतना कार्यालयमा पनि अवकाशप्राप्त महासेनानी विनोदकुमार अधिकारीसहित ५ पूर्वअधिकृतले क्षेत्रीय सम्पर्क अधिकृतको रुपमा करारमा काम गरिरहेका छन्। मध्यपश्चिम विकास क्षेत्र पृतना कार्यालयमा पूर्वमहासेनानी राजीश शाहको नेतृत्वमा पाँच पूर्वअधिकृत क्षेत्रीय सम्पर्क अधिकृतका रुपमा करारमा छन्। यो खबर आजको नागरिकमा छापिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्