×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसएसबीको हस्तक्षेपको विरोधमा उत्रिए स्थानियबासी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसएसबीको हस्तक्षेपको विरोधमा उत्रिए स्थानियबासी

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहानै देखि स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल(भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् ।
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।
यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए । भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् । अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयासमा रहेका छन् । नेपालीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयमता अपनाउन भनिरहेका छन् ।
आनन्दबजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टरको नेतृत्वमा सुरक्षाकर्मी परिचालित छन् । उनीहरुलाई सहयोगका लागि महेन्द्रनगरबाट थप प्रहरी पठाइएको सुदूरपश्चिमका डीआइजी रोवेन्द्रसिंह देउजाले जानकारी दिए । उनले दुवै पक्षका सुरक्षाकर्मीबीच समन्वय भइरहेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी