
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – भारतीय हस्तक्षेप विरुद्ध उत्रिएका गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएपछि पश्चिम नेपालसहित विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर गौतमको मृत्यु भएपछि कैलाली र कञ्चनपुरमा शुक्रबार पनि बिहानैबाट स्थानीयबासीहरु प्रदर्शनमा उत्रिएका छन् । भारतीय सीमानाका समेत बन्द गराएका उनीहरु कैलालीको त्रिनगर भन्सार कार्यालयको मुख्यगेटमा तोडफोड समेत गरेका छन् ।
एसएसबीको ज्यादती र नेपाली सुरक्षाकर्मीको सहयोगको विरुद्ध स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि कैलाली र कञ्चनपुरका सबै ३र३ वटा सीमानाका बन्द गरिएको छ । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका गौतमको एसएसबीले चलाएको गोली लागेर बिहीबार मृत्यु भएको थियो । सो घटनाको विरोधमा काठमाडौंमा पनि प्रदर्शन र र्याली निकालिएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्