- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्ट्याण्डर्ड चार्टर्ड बैंकले एफपीओमा आवेदन आगामी चैत १ गतेदेखि खोल्ने भएको छ । आगामी चैत १ गतेदेखि ४ गतेसम्म इच्छुुक लगानीकर्ताले एफपीओमा आवेदन दिने व्यवस्था मिलाइन लागिएको विक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासन गर्न लागेको र लगानीकर्ताले कम्तीमा १० देखि बढीमा २५ हजार ८ सय ८० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।
यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई उसले आवेदन दिएको १८ दिनमै १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम मूल्य समेत जोडी प्रति कित्ता १२ सय ९० रुपैयाँको दरले एफपीओ निश्कासनको अनुमति धितोपत्र बोर्डले दिएको थियो ।