
- दुर्गा प्रसाद काफ्ले
स्ट्याण्डर्ड चार्टडको एफपीओ कस्तो समयमा आएको थियो भन्ने कुरा तपाईंहामी सबैलाई थाहा छ । व्यापक चलखेल गरिएको थियो स्ट्याण्डर्ड चार्टडको को एफपीओको अनुमति दिनेबेला पनि । बल्लबल्ल बजार उकालो लागेको बेला रातारात अनुमति दिनुलाई के भन्ने ? हामीले बुझेका छौं तर कसले सुन्ने हाम्रो बोली ? विचरा साना लगानीकर्ता कुरै बुझ्दैनन् । नआउनुपर्ने एफपीओ आउने भयो । हो, अधिकांससंग पैसा नभएको बेला हो यो । तर स्ट्याण्डर्ड चार्टडको एफपीओ यस्तो एफपीओ हो जुन, ऋण नै गरेर किन्दा पनि घाटा लाग्दैन ।
कमाउने बेला यहि हो । बिना रिस्कको कमाइ ! जति पर्यो, फाइदा नै फाइदा ! सीधा हिसाब – बजारमा स्ट्याण्डर्ड चार्टको भाउ २००० हाराहारीमा छ । यो सेयर एफपीओ मार्फत १२९० मा आउंदैछ । अर्थात् ७०० रुपैयाँ कममा यो सेयर आउंदैछ । साथै बैंकले आउने वर्ष १०० बोनस दिने र ८ अर्व पूँजी पुर्याउने कुरा ‘क्यापिटल प्लान’ मा भनिसकेको छ । यसरी हिसाव गर्ने हो भने बोनससमेत मिलाउँदा यो सेयरको भाउ ६४५ मात्र पर्ने हुन्छ ।
त्यसैले यो सेयर किन्दा ‘स्यूर- सट’ फाइदा हुन्छ । त्यसैले जति सकिन्छ त्यति, ऋण खोजेर हुन्छ कि सापट गरेर, जसरी हुन्छ त्यसरी, जति सकिन्छ त्यति, स्ट्याण्डर्ड चार्टडको एफपीओ भर्नुपर्छ । आइपीओ र एफपीओ सुरक्षित प्राय: लगानी हो । त्यसैले नछुट्नु, नछुटाउनु ! बरु सेयरमा डुबेका, उत्रेका, तैरिएका सबैलाई भनौं, ‘ स्ट्याण्डर्ड चार्टडको एफपीओ, फाइदाको बिजनेश गरौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्