
- दुर्गा प्रसाद काफ्ले
स्ट्याण्डर्ड चार्टडको एफपीओ कस्तो समयमा आएको थियो भन्ने कुरा तपाईंहामी सबैलाई थाहा छ । व्यापक चलखेल गरिएको थियो स्ट्याण्डर्ड चार्टडको को एफपीओको अनुमति दिनेबेला पनि । बल्लबल्ल बजार उकालो लागेको बेला रातारात अनुमति दिनुलाई के भन्ने ? हामीले बुझेका छौं तर कसले सुन्ने हाम्रो बोली ? विचरा साना लगानीकर्ता कुरै बुझ्दैनन् । नआउनुपर्ने एफपीओ आउने भयो । हो, अधिकांससंग पैसा नभएको बेला हो यो । तर स्ट्याण्डर्ड चार्टडको एफपीओ यस्तो एफपीओ हो जुन, ऋण नै गरेर किन्दा पनि घाटा लाग्दैन ।
कमाउने बेला यहि हो । बिना रिस्कको कमाइ ! जति पर्यो, फाइदा नै फाइदा ! सीधा हिसाब – बजारमा स्ट्याण्डर्ड चार्टको भाउ २००० हाराहारीमा छ । यो सेयर एफपीओ मार्फत १२९० मा आउंदैछ । अर्थात् ७०० रुपैयाँ कममा यो सेयर आउंदैछ । साथै बैंकले आउने वर्ष १०० बोनस दिने र ८ अर्व पूँजी पुर्याउने कुरा ‘क्यापिटल प्लान’ मा भनिसकेको छ । यसरी हिसाव गर्ने हो भने बोनससमेत मिलाउँदा यो सेयरको भाउ ६४५ मात्र पर्ने हुन्छ ।
त्यसैले यो सेयर किन्दा ‘स्यूर- सट’ फाइदा हुन्छ । त्यसैले जति सकिन्छ त्यति, ऋण खोजेर हुन्छ कि सापट गरेर, जसरी हुन्छ त्यसरी, जति सकिन्छ त्यति, स्ट्याण्डर्ड चार्टडको एफपीओ भर्नुपर्छ । आइपीओ र एफपीओ सुरक्षित प्राय: लगानी हो । त्यसैले नछुट्नु, नछुटाउनु ! बरु सेयरमा डुबेका, उत्रेका, तैरिएका सबैलाई भनौं, ‘ स्ट्याण्डर्ड चार्टडको एफपीओ, फाइदाको बिजनेश गरौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्