×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजदेखि नयाँ स्थानीय तहको कार्यान्वयन हुने

LAXMI SUNRISE BANK

आजदेखि नयाँ स्थानीय तहको कार्यान्वयन हुने

३० फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – संघीय संरचनाअनुसार आजदेखि स्थानीय तहको कार्यान्वयन हुँदैछ । नयाँ व्यवस्थाअनुसार ७ सय ४४ स्थानीय तहको कार्यान्व्यनमा आउँनेछन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार नै स्थानीय तह कार्यन्वयनको घोषणा गरे पनि दुई दिन सार्वजनिक बिदा परेकोले आजदेखि मात्रै कार्यान्वयनमा आउन लागेको हो ।
 मन्त्रालयले ७ प्रदेशका स्थानीय तह कार्यन्वयनको सहजीकरणका लागि मन्त्रालयका ७ जना सहसचिवको नेतृत्वमा सहजिकरण समिति बनाएको छ । मन्त्रालयका अनुसार शनिबार  र आइतबार बिदाको दिन सबै स्थानीय तहका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिका लेखिएको साइनबोर्ड राख्ने, कार्यालयको लेटर प्याड र छाप नयाँ बनाउने काम भइसकेको छ । नयाँ संरचनाअनुसार स्थानीय तहमा प्रतिनिधित्व हुने जनप्रतिनिधिको संख्या  ७ सय ४४ वटा नगर तथा गाउँपालिकामा गरी ६ हजार ६ सय ८३ वटा वडा र ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन् ।
 जनप्रतिनिधिअन्तर्गत ४ महानगरमा प्रमुख-उपप्रमुख,  ८ जना १३ उपमहानगरमा प्रमुख-उपप्रमुख, २६ जना २ सय ४६ नगरपालिकामा  प्रमुख-उपप्रमुख, ४ सय ९२ जना ४ सय ८१ गाउँपालिकामा प्रमुख-उपप्रमुख, ९ सय ६२ जना ६ हजार ६८३ वडामा  वडाअध्यक्ष, ६, हजार ६ सय ८३ जना प्रत्येक वडामा ४ जना सदस्य, २६ हजार ७ सय ३२ ९प्रत्येक वडामा महिला एक र अल्पसंख्यक–दलित एक सदस्य० गाउँसभामा अल्पसंख्यक दलित २ सदस्य, ९ सय ६२ महानगर, उपमहानगर र नगरसभामा दलित अल्पसंख्यकबाट ३ सदस्यमा, ७ सय ८९ प्रतिनिधि हुने प्रावधान छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी