Skip to content
LAXMI SUNRISE BANK

स्थानीय तहले आजदेखि औपचारिक रुपमा काम थाल्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाड‌ौं – स्थानीय तहले आजदेखि औपचारिक रुपमा काम थाल्ने भएको छ। नयाँ संविधानअनुसार सरकारले गत शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेपछि आजदेखि कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् । बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानगरपालिकाको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमनत्रीले औपचारिक सेवा सुरु गरेपछि देशैभरका स्थानीय तहले सेवा सुरु गर्ने स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
संविधानले स्थानीय तह, प्रदेश र संघ गरी राज्यलाई तीन तहमा निर्धारण गरेको छ । स्थानीय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर ७ सय ४४ वटा स्थानीय तह निर्धारण गरेको हो । स्थानीय तह तत्काल सञ्चालनका लागि चाहिने कर्मचारी व्यवस्थापन स्थानीय विकास मन्त्रालयले गरेको छ। महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गर्नेछन् ।
 सरकारले स्थानीय तह पुनःसंरचनाको अन्तिम खाका राजपत्रमा प्रकाशित गरेपछि कर्णाली अञ्चलका विभिन्न जिल्लामा त्यसको कार्यान्वयन थालिएको छ । हुम्ला, जुम्ला, कालिकोट लगायतका कर्णाली अंचलका विभिन्न जिल्लामा  धमाधम स्थानीय तह कार्यान्वयनको लहर चलेको छ । जिल्ला विकास समिति फेरिएर ‘जिल्ला समन्वय समितिको कार्यालय’ बनेपछि कार्यालयको साइनबोर्ड पनि ‘जिल्ला समन्वय समिति’ मा परिवर्तन गरिएको छ ।
‘हामीले राजपत्रमा सूचना प्रकाशित भएपछि साइनबोर्ड परिवर्तन गर्यौ,’ कालिकोटका स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारीले भन्नुभयो, ‘कार्यालयको लेटरप्याड, छापलगायत पनि परिवर्तन भइसक्यो ।’ उनले कार्यालयको बैंक खाताको नाम परिवर्तन गर्न पत्रचार गरिने बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK