
सफलताको कुनै छोटो बाटो हुँदैन । सफलता हाँसील गर्न मेहेनत त गर्नुपर्छ नै । तर सधैं मेहेनतले पनि काम नगर्न सक्छ । विश्वका शक्तिशाली मानिएका व्यक्तिहरु हुन् वा धनी व्यक्तिहरु उनीहरुका आ- आफ्नै ‘सक्सेस मन्त्रहरु हुने गर्छन् । कसैले पैसालाई खास महत्व नदिएरै पनि धनी भएका छन् त कतिपय लगानीकर्ताहरु आफ्नो ‘सक्सेस फर्मूला’ बाट धनी भएका छन् । कतिले भाग्यलाई कम महत्व दिएका छन् त कतिले अवसरलाई पहिल्याउंदा निकै अगाडी बढ्न सकिने बताएका छन् ! आखिर के रहेछ त विश्वका टप १० लगानीकर्ताहरुको सक्सेस मन्त्र ? हेर्नुहोस् :

१.वारेन बफे
वारेन फबे विश्वका उत्कृष्ट लगानीकर्ताहरु मध्येका एक हुन् । उनले पूँजी बजारबाट विश्वलाई नै चकित तुल्याउने गरी कमाए । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको सम्पत्ति २०१६ सालको अन्त्यसम्ममा ७१ अर्ब डलर छ । उनको सक्सेस मन्त्र भनेकै कम्पनी छनोट गर्नु हो । राम्रो कम्पनी छनोट गरे कुनै पनि बेला घाटा नहुने उनको तर्क छ । उनीबारे लेखिएका थुप्रै पुस्तकहरुमा पनि उनले औसत मूल्यमा सही कम्पनीको सेयर खरीद गर्नुभन्दा सही मूल्यमा राम्रो कम्पनीको सेयर खरीद गर्नु बुद्धिमानी हुन्छ भन्ने उल्लेख गरेका छन्। उनले आफ्नो सक्सेस मन्त्रपनि यसलाई भनेका छन् ।

२.कार्लोस स्मिल
कार्लोस स्मिल अर्का सफल लगानीकर्ता हुन् । सन् २०१६ को अन्त्यसम्ममा उनको सम्पति ४५.९ अर्ब डलर छ । उनलाई धेरैले प्रेरणाको स्रोतको रुपमा यस अर्थमा पनि लिने गरेका छन् कि, उनी निकै गरिव परिवारमा जन्मिएका व्यक्ति हुन् । उनीबारे लेखिएका थुप्रै पुस्तकहरुमा उनको गरिवीको समेत चर्चा गरिएको छ । ‘गरिव हुनु त सम्भावनाको ढोका हो’ उनले आफुबारे लेखिएको पुस्तकमा भनेका छन्, ‘ तपाईं गरिव हुनुहुन्छ भने सोच्नुहोस् कि तपाईंसँग अगाडी बढ्ने बढी मौका छ । मेरो सक्सेस मन्त्र पनि यहि हो ।’

३.जर्ज सोरोस
अर्का सफल लगानीकर्ता जर्ज सोरोस निकै गल्ती गरेपछि आफुले पूँजी बजार बुझेको बताउँछन् । उनीबारे तयार गरिएको डकुमेन्ट्री ‘दी जर्ज सोरोस’ मा पनि उनले आफुले गरेका थुप्रै गल्तीहरु बारे बोलेका छन् । हाल २४.९ अर्ब डलरका मालिक रहेका जर्ज गल्ती बाट सिक्नुनै आफ्नो सफलताको सुत्र भएको बताउँछन् । ‘गल्ती गर्नु ठुलो कुरा हुँदै होइन । तर गल्ती दोहोर्याउनेहरु भने मुर्ख व्यक्ति हुन् । गल्ती बाट सिक्नेहरु सधैं सफल हुन्छन् । म पनि तिनै मध्येको एक हुँ ।’ उनीबारे तयार भएको डकुमेन्ट्रीमा उनले भनेका छन् । सेयर बजारबाट कहिले पनि भाग्न नहुने सुझाव दिने उनले धैर्यता भए सेयर बजारमा कहिलेपनि घाटा नहुने सल्लाह दिन्छन् ।

४.प्रिन्स अलवलीद बिन तलाल
सन् २०१६ को अन्त्यसम्मको तथ्यांक हेर्ने हो भने १७.७ अर्ब डलरका मालिक रहेका प्रिन्स दुरगामी लगानीमा विश्वास गर्छन् । ‘छोटो समयमा कमाउन खोज्नेहरुको लगानी दीर्घकालीन हुन्न । उनीहरु समग्रमा सफल पनि हुँदैनन् । जो कोहिले पनि ‘म लङ टर्म इन्भेष्टर हुँ’ भन्ने कुरा ध्यानमा राख्न जरुरी छ । यो मेरो पनि सफलताको शुत्र हो । र यो शुत्रले अधिकांस सफल पनि भएका छन् ।’ उनले अन्तराष्ट्रिय संचारमाध्यमसंग कुराकानी गर्दै भनेका छन् ।

५.कार्ल इकान
साथीको भरोसा कहिले पनि नगर्न सुझाव दिने कार्लले आफ्ना थुप्रै मन्तव्यहरुमा साथीहरुले डुबाउने गरेको घटनालाई उल्लेख गरेका छन् । एक विश्वविद्यालयमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘ बिजनेशमा राम्रो साथी चाहिन्छ भने कुकुर पाल्नुहोस् । त्यसले तपाईंलाइ तनाव दिंदैन । कुकुर तपाईंप्रति वावादार हुन्छ । तर साथी भनिएकाहरुको विश्वास नगर्नुहोस् ।’ उनले एक्लै लगानी तर बुझेर लगानी गर्नुलाई नै आफ्नो सफलताको शुत्र भनेका छन् । ‘आफ्नो लगानी बारे अरुले दिएको सुझावले केहि हुन्न । त्यो कुनैपनि तरिकाबाट वा कुनैपनि नियतका साथ आएको हुनसक्छ । यस विषयमा ख्याल गर्नुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्