
- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – बैंकहरुले ऋणको ब्याज दर बारम्बार बढाएर ऋणीलाई अप्ठेरोमा पारेको भन्दै सर्वोच्च अदालतले त्यसमा सुनुवाइ गरेको छ । सर्वोच्चले ऋण लिँदाको वखत गरिएको बाचाविपरित बारम्बार ब्याज दर बढाउन नपाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।
सर्बोच्चले कात्तिक ८ गते पाँच बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले ऋणीको पक्षमा उभिन भनेको हो । सर्बोच्चका तर्फबाट आइतबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले कर्जा लिने क्रममा नै ऋणीको सम्पत्तिको सही मूल्यांकन हुने बातावरण सुनिश्चितता गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको छ ।
धितोमा रहेको सम्पति लिलाम गर्दाको बखतको प्रचलित बजार मोल अनुसार लिलाम बिक्री तथा सकार गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ। बैंकहरुले सकार गर्ने पाटीसँग मिलेर बजार भाउभन्दा निक्कै तल सम्पत्ति लिलाम गर्ने गरेको भेटिएको थियो ।
बैंकले ऋणीले ठगी गर्ने मनसायले नै लिएको ऋण भुक्तानी नगरेको भन्ने मान्यता राख्न नहुने सर्वोच्चको आदेशमा छ । ऋणी परिवारप्रति सम्मान र सहानुभूति राखी न्यायोचित तवरले कर्जा असुल गर्ने प्रकृया अवलम्बन गर्न पनि सर्वोच्चको आदेशमा छ ।
ऋणी असुली प्रकृया सुरु भएपछि ऋणीको परिवारसँग सम्बन्धित अन्य सदस्यको सामाजिक प्रतिष्ठा, इज्जतमा प्रतिशत प्रभाव नपर्ने गरी कारवाही अगाडि बढाउनुपर्ने सर्वोच्चको आदेश छ । यसअघि पनि सर्वोच्चले १४ बुँदै आदेश दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्