
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – सप्तरीमा भएको घटनापछि सरकारले तराई–मधेसको सुरक्षा व्यवस्थालाई थप कडा पारेको छ । गृह मन्त्रालयले दुई नम्बर प्रदेशमा रहेका आठ जिल्लाहरुमा हिंसा भड्कने खतरालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कडाई गर्न निर्देशन दिएको हो । सप्तरीको राजविराजमा एमालेको मेची महाकाली राष्ट्रिय अभियानपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा चार जनाको मृत्यु भएको थियो ।
त्यसपछि मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुखलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले जानकारी दियो । मन्त्रालयले आवश्यक परेमा नजिकका जिल्लाहरुबाट आवश्यक सुरक्षा माग गरेर परिचालन गर्नका लागि व्यवस्था मिलाउन क्षेत्रीय प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। त्यस्तै मोर्चाले गरेको बन्दको क्रममा हिंसात्मक गतिविधी हुनसक्ने भएकोले लाठी भाला जस्ता बोक्न समेत प्रतिबन्ध लगाउन पनि निर्देशन दिएको स्रोतले बतायो ।
गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पनि तराई–मधेसका जिल्लाहरुमा सुरक्षाकर्मीहरुलाई सजकता अपनाउनका लागि निर्देशन दिएको स्वीकार गरे । बन्द, हडतालका कार्यक्रमहरु भइरहेका छन्, सकेसम्म झडप नहोस् भनेर सजकता अपनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छौुं, उनले भने– सप्तरीमा पनि संयमित हुँदाहुँदै दुखद घटना हुन पुग्यो, त्यसैले बेलैमा सर्तक गराएका हौं।ु एमालेले तीन दिनका लागि अभियान रोकेपनि जुनसुकै बेला जे पनि हुन सक्ने ठहर गर्दै मन्त्रालयले सुरक्षा सर्तकता बढाएको पनि उनले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्