×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठूला परियोजना आउन नदिन चलखेल हुन्छ : नेपाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ठूला परियोजना आउन नदिन चलखेल हुन्छ : नेपाल

१३ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं/एमाले नेता माधवकुमार नेपालले ठूला परियोजा आउन नदिन चलखेल हुने गरेको दाबी गरेका छन् । ठूला परियोजना आइहाले पनि स्वीकृत हुन नदिने षड्यन्त्र हुने गरेको उनको भनाइ छ ।
एमाले वैदेशिक मामिला विभागले शनिबार आयोजना गरेको विकास र समृद्धि विषयक कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । तर, उनले चलखेल र षड्यन्त्र कहाँबाट हुन्छ भन्ने कुरा भने स्पष्ट पारेनन् । यद्यपि, नेपालको कर्मचारीतन्त्र विकासमुखी नभएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले त्यसतर्फ संकेत गरे ।
कानुनमा सुधारको आवश्यकता
नेता नेपालले मुलुकको तीव्र विकासका लागि विद्यमान कानुनमा व्यापक सुधार हुनुपर्ने धारणासमेत व्यक्त गरे । ‘विकासका लागि हाम्रा कानुनहरूमा व्यापक सुधार आवश्यक छ । कानुन सुधार गरेनौँ भने टाउको फोडे पनि विकास हुँदैन,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामीकहाँ कर्मचारीतन्त्र विकासमुखी छैन, अदालतले पनि विकासका काम रोक्ने गरेको छ ।’ नेता नेपालले विकासमा हुने ढिलासुस्तीमा कर्मचारी र कानुनको अवरोधका थुप्रै उदाहरणसमेत प्रस्तुत गरे । व्यापक अवरोध रहे पनि राष्ट्रिय पुँजी, प्रविधि र जनशक्ति परिचालनमार्फत ठूलो परिवर्तन सम्भव रहेको उनको भनाइ थियो ।
अबको राजनीति समृद्धिमुखी : पाण्डे
नेपालको विकास मोडल प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले अबको राजनीति समृद्धिमुखी हुनुपर्ने बताए । ‘हिजो हामीले भन्दै आएका कतिपय कुरा आज असान्दर्भिक भएका छन् । जमिन बाँडेर हुँदैन, यसलाई सरकारको मातहतमा राख्नुपर्छ र पकेटक्षेत्र तोकेर काम गर्न जनतालाई दिनुपर्छ,’ पाण्डेले भने । हिजोको राजनीति अधिकारमुखी भएको, तर आज परिस्थितिमा परिवर्तन आएका कारण समृद्धिमुखी हुनुपर्ने बाध्यता आइपरेको उनले दाबी गरे ।
सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्य, अर्थशास्त्री डा. विजय पौडेल, समाजशास्त्री हरि शर्मा, कानुनविद् युवराज संग्रौला र समाजशास्त्री डा. सुरेश ढकालले टिप्पणी गरेका थिए । त्यस्तै, पूर्वमन्त्रीहरू, योजना आयोगका सदस्यहरू, अर्थविद्, प्राध्यापक, वातावरणविद्, सुरक्षाविद्, पूर्वप्रशासक तथा सुरक्षा अंगका प्रमुख, सुशासनविज्ञ, कानुनविद्लगायतले मुलुकले कसरी समृद्धि हासिल गर्न सक्छ भन्नेबारे धारणा व्यक्त गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी