
- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – कञ्चनपुरको पुनर्बास स्थित आनन्दबजारमा गएको बिहीबार भारतीय एसएसबीको कुटाइबाट गम्भीर घाइते भएका बेलौरी नगरपालिका ६ शान्तिपुरका टीकाराम चापागाईको आर्थिक अभावले उपचारमा समस्या देखिएको छ ।
आनन्दबजार स्थित सीमा क्षेत्रमा बिहीबार भएको झडपमा एसएसबीको लाठी चार्ज ढुंगामुढाबाट गम्भीर बनेका चापागाईंको टाउको,छाती, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते चापागाईको नेपालगञ्ज चार बाहिनी स्थित वेष्टरर्न अस्पतालमा उपचार भइरहेको छ ।
चापागाईँको उपचार खर्च जुटाउन नसक्ने भएपछि समस्या भएको घाइते चापागाईको कुरुवा बसेका उनका भान्जा दिनेश शर्माले बताए । घरको आर्थिक अवस्थाले उपचार खर्च जुटाउन नसकिएको र सरकारबाट कुनै राहत नपाउँदा पीडितलाई आर्थिक पीडा थपिएको उनले बताए ।
नेपाली बस्तीमा भारतीय नागरिक सहित पसेर आतंक मच्चाउँदै गरेका एसएसबीका विरुद्ध नेपाली जनताले बिहीबार गरेको प्रतिकारका क्रममा भारतीय प्रहरीको गोली प्रहारबाट गोबिन्द गौतमको ज्यान गएको थियो भने चापागाईँ गम्भीर घाइते भएका थिए । अहिले उनको अवस्था सामान्य रहे पनि ३र४ महिनासम्म उनको उपचार गर्नु पर्ने चिकित्सकले बताएका छन् ।
बिहीबार पुनर्बासको आनन्दबजारमा एसएसबीसँग भएको झडपमा परी घाइते भएकाको बिबरण नपाउँदा राहत उपचारमा केही गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए ।
घाइतेहरूको प्रहरी विवरण आएपछि सोको रेकर्ड केन्द्रमा पठाइने तत्कालका लागि उपचारका लागि १५ हजार उपलब्ध गराइदिन पुनर्बास नगरपालिकालाई निर्देशन दिइएको प्रजिअ खनाले बताए । सो घटनामा परी घाईते बनेकाको उपचार राज्यले बेहोर्ने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्