Skip to content
LAXMI SUNRISE BANK

टुरीजम बैंकले गर्यो धुर्मुस–सुन्तली फाउण्डेशनलाई ५ लाख सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौ – धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकीकृत नमूना मुसहर बस्ती निर्माणका लागि टुरिजम डेभलपमेन्ट बैंकले ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले स्थापनाको सातौं बर्ष पुरा गरी आठौं बर्ष प्रवेश गरेको अवसर पारी उक्त सहयोग गरेको हो । 
मानवता र सदभावका लागि निर्माण गर्न लागिएको बस्तीसंगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न धुर्मुस सुन्तली फाउण्डेशनले गरेको कामको प्रसंसा गदै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउण्डेशनकी कोषध्यक्ष कुञ्जना घिमिरेलाई चेक हस्तान्तरण गरे । 
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको काम अहिले लगभग अन्तिम चरणमा पुगेको छ । आर्थिक अभावका बिच पनि फाउण्डेशनले निरन्तर कामलाई अगाडी बढाइरहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK