Skip to content
LAXMI SUNRISE BANK

सदनमा ट्रम्पलाई पहिलो झट्का, आफ्नै पार्टीबाट असहयोग

अर्थ सरोकार

न्युयोर्क – आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ ।
पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
सात बर्षदेखि अमेरिकी अनुदारवादी राजनीतिको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको ओबामा हेल्थ केयरलाई निस्तेज पार्न केही साता अघि ट्रम्प प्रशासनले नयाँ हेल्थ केयर विधेयक कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिभ मा दर्ता गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK