
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – टुबोर्ग बियर । नेपालका चर्चित बियरहरु मध्येको एक । होली आउंदैछ । यसपालीको होलीमा पनि सधैंझैं टुबोर्गले मनाऔं होली रमेर भन्दै खुब प्रचार गरिरहेको छ । यतिसम्मकि टुबोर्ग बियरले आफैं समेत विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । तर त्यहि टुबोर्ग बियर पिएर कुनै बेला मान्छे मृत्युको मुखमा पुगेको थियो भन्ने खबर धेरैलाई थाहा नहुन सक्छ । टुबोर्ग बियरले उक्त घटनापछी झन् आक्रामक रुपमा प्रचार प्रशार गरेको थियो । यतिसम्मकि उक्त घटनापछी टुबोर्गको अत्याधिक बदनाम भएपछी विभिन्न बहाना गर्दै बोतलको प्याक समेत परीवर्तन गरेको थियो ।
अहिले पनि विभिन्न स्थानहरुमा टुबोर्ग बियरसम्बन्धी विभिन्न खाले गुनासोहरु आउन थालेका छन् । केहि दिनअघि काठमाडौँका विभिन्न स्थानबाट किनिएका टुबोर्ग बियरभित्र लेदो भेटिएको प्रमाण अर्थ सरोकार डटकमसँग सुरक्षित छ । कतिपयले टुबोर्ग बियर भित्र अन्य अखाद्य बस्तु भेटिएको गुनासो गरेका छन् । हामीले यससम्बन्धि धारावाहिक न्यूजस्टोरी प्रस्तुत गर्दैछौं ।
टुबोर्गका अहिलेका कर्तुतहरु प्रस्तुत गर्नुअघि टुबोर्गका पहिलाका काला कर्तुतहरुबारे जानकार हुन जरुरी छ । केहि बर्षअघि यस्तै घटना घट्यो । काठमाडौँको बसुन्धराको एक होटलमा रमाइलो गर्दै बाग्लुङका देव गौचन र चन्द्रसिंह तामाङ बियर पिउँदै थिए । उनीहरुको रोजाइको बियर थियो – टुबोर्ग । ड्यानिस बियरको ट्रेडमार्क लिएर नेपालमा उत्पादन भइरहेको यो बियर खाएको केही क्षणमै उनीहरु बेहोस भए । हत्तपत्त उनीहरुलाई नजिकैको विनायक अस्पताल लगियो । त्यहाँ उपचार हुन सकेन, अनि ल्याइयो सुन्धाराको लाइफ केयर अस्पताल ।
बियर खाएर मात्तिएर उनीहरु ढलेका थिएनन् । सिसीको पिँधमा लेदो र लेउसमेत लागेको ख्यालै गरेका रहेनछन् उनीहरुले । त्यही कारण बियरमा मेफनल नामक पदार्थ मिसिएको हुन सक्ने शंका चिकित्सकले गरेका छन् । उपचारमा संलग्न लाइफ केयर अस्पतालका डाक्टर समीर केसीले अहिलेसम्मको रिपोर्टका अनुसार गौचन र तामाङले बियर खाएकै कारण बेहोस भएको बताएका छन् ।
बाँकी सुरेश राजबहाकले युट्युबमा अपलोड गर्नुभएको भिडियोमा हेर्नुहोस् :
यो पनि पढ्नुहोस् :
ज्यानमारा टुबोर्गको कर्तुत नम्बर २ – बोतलभित्र लेदो र फोहोर, मान्छेको ‘महेल’ भएको ग्राहकको दावी (भिडियो प्रमाणसहित)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्