×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेतो अण्डा नियन्त्रण गर्नेलाई प्रहरीले गर्ने भयो पुरस्कृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेतो अण्डा नियन्त्रण गर्नेलाई प्रहरीले गर्ने भयो पुरस्कृत

Artha Sarokar

२३ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – अण्डा व्यवसायीले भारतबाट अवैधरुपमा आएको सेतो अण्डा नियन्त्रण गर्ने प्रहरीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अवैध रुपमा आएको अण्डा समाएको खण्डमा प्रतिपेटी रु ५०० का दरले पुरस्कार दिने निर्णय भएको जानकारी दिनुभयो ।
यसअघि अवैध आएका कुखुराका चल्ला समाउने प्रहरीलाई प्रतिचल्ला रु पाँचको दरले पुरस्कार दिने व्यवस्था थियो । अण्डामा भने हालसालै मात्रै पुरस्कार दिने निर्णय भएको केसीले जानकारी दिनुभयो ।
अण्डाको अवैध आयातलाई पूर्ण रोक्नका लागि व्यवसायीले यस्तो निर्णय गरेको र अण्डा र कुखुरा व्यवसायी मिलेर एक रुपताका साथ अघि बढ्न जरुरी रहेको केसी बताउनुहुन्छ ।
नेपाल अण्डा र कुखुरामा आत्मनिर्भर भएकाले आयात गर्नु नपर्ने व्यवसायी ज्ञानबहादुर विसुराल बताउनुहुन्छ ।
हाल नेपालमा प्रतिव्यक्ति ५५ वटा अण्डा खपत हुँदै आएको छ । देशमा दैनिक २२ लाख बढी अण्डा उत्पादन हुन्छ । नेपालको उत्पादनको ६८ प्रतिशत चितवनमा उत्पादन हुन्छ ।
अण्डा समाउने सुरक्षाकर्मीका लागि पनि पुरस्कार दिने निर्णय भएको र अहिले कार्यान्वयनको चरणमा रहेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो वर्ष कुखुराका चल्ला समातेबापत मात्रै रु छ लाख बढी पुरस्कार रकम दिइएको छ । उत्पादनको करिब ९० प्रतिशत अण्डा काठमाडौँ, पोखरालगायत पूर्वी नेपालमा जाने गरेको केसीले बताउनुभयो ।
नेपालमा एक हजार ५०० अण्डा व्यवसायीमध्ये करिब ७०० चितवनमा छन् । नेपालमा कुखुरा व्यवसायमा झन्डै ७५ अर्ब लगानी भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी