
काठमाडौं – वल्र्डलिंक कम्युनिकेसन्सले अब ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराउन थालेको छ। ग्राहकले फोन गरेर वल्र्ड लिंकका प्रतिनिधिलाई घरमै बोलाउन सक्ने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ।
वल्र्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने जानकारी दिएको छ। ‘वल्र्डलिंक आफ्नै हो’ योजना अन्तर्गत फाइबर जडानमा सतप्रतिशतसम्म छुट र तीन महिनासम्म आइपिटिभी निशुल्क पाउने पनि कम्पनीले जानकारी दिएको छ।
आइपी टिभी प्रविधिबाट ग्राहकले इन्टरनेट केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन्। यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदानगर्दै आएको छ। कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्