×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय फिल्म र गाडी नेपालमा चल्न नदिने वाईसीएलको चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भारतीय फिल्म र गाडी नेपालमा चल्न नदिने वाईसीएलको चेतावनी

Artha Sarokar

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं  – भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरमा नेपाली भूमिमै प्रवेश गरेर नेपाली नागरिकको हत्या गरेको विरोधमा वाईसीएल र अखिल क्रान्तिकारीले भारतीय सवारी साधन तथा हिन्दी फिल्म नेपालमा चल्न नदिने चेतावनी दिएका छन् । राजधानीमा शुक्रबार बिहान जुलुससहित विरोध प्रदर्शन गरेका वाईसीएल र अखिल क्रान्तिकारीका नेताहरुले बानेश्वरमा आयोजित कोणसभामा यस्तो चेतावनी दिएका हुन् । 

साथै उनीहरुले नेपाल भारत सीमानामा पर्खाल लगाउन पनि माग गरे ।  विभिन्न नारा लेखिएका प्लेकार्ड र रातो झण्डा बोकेका प्रदर्शनकारीको जुलुसले माइतीघर मण्डलाबाट सुरु भई बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । एसएसबीको ज्यादती रोकिनु पर्ने, हत्या गरिएका गोविन्द गौतमलाई सहिद घोषण गर्नु पर्ने लगायतका माग राख्दै उनीहरुले बिहाबार साँझ पनि देशका मुख्य सहरमा प्रदर्शन गरेका थिए । क्रान्तिकारी र वाईसीयल दुवै सत्तारुढ माओवादी केन्द्रका भातृ संगठन हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी