
काठमाडौँ – के सरकारको काम सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका व्यक्तिलाई संरक्षण गर्नु हो ? सर्वाेच्च अदालतका न्यायधीशको छाला चिर्छु भन्दै अराजक अभिव्यक्ति दिँदै हिड्ने बालकृष्ण ढुंगेललाई माओवादी नेताहरुकै आड भरोसमा सीमापार गराइएको तथ्य प्रकाशमा आएको छ । अघिल्लो साता मात्र बालकृष्ण ढुंगेललाई एक साताभित्र पक्राउ गरी थुनामा राख्न सर्वाेच्च अदालतले आदेश दिएको थियो । सर्वाेच्च अदालतको यो आदेश लगतै उनी कपनमा रहेको वालुवाखानीबाट सीमलटारमा डेरा सरेका थिए । तर,यो विषय समेत मिडियामा छाएरु सामाजिक सञ्जालमा भाइरल बनेलगत्तै राज्यकै संरक्षणमा उनी सीमापार पुगेको सार्वजानिक भएको छ ।
सर्वोच्चबाट दोस्रो आदेश आउँदा काठमाडौंको तीनकुनेमा रहेका ढुंगेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षाकर्मीको गाडीमा राखेर नेपाल–भारत सीमा क्षेत्र झापको काँकडभिट्टा लगेर छाड्न निर्देशन दिएकाले उनलाई प्रहरीले नै प्राइभेट गाडीको व्यवस्था गरी सीमा कटाएको समाचार सार्वजानिक भएको छ । स्रोतक अनुसार उनी त्यहाँबाट भारतको सिक्किम पुगिसकेका छन । सर्वोच्च अदालतले सात दिनभित्र पक्राउ गरी कारागार चलान गर्न आदेश दिएको थियो ।
अदालतले नेपाल प्रहरीलाई माओवादी केन्द्रका नेता एवम् पूर्व सभासद बालकृष्ण ढुंगेललाई पक्राउ गर्न विशेष संयन्त्र बनाएर भए पनि पक्राउ गर्न आदेश दिएको थियो । उनी नेपलामै रहँदा समेत गृहराज्यमन्त्री इन्द्र बाँनियाले वालकृष्ण ढुंगेल कहाँ छन भन्ने विषयमा राज्य बेखबर रहेको बताँउदै हिडेका थिए । – एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्