
काठमाडौ – जाजरकोटस्थित नलसिङगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटमा २७ करोड २४ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको अन्न्पूर्ण पोस्टमा छ।
आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा उक्त भ्रष्टाचार भएको अख्तियारको दाबी छ । अख्तियारले यी अभियुक्तलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १३ करोड ६२ लाख २७ हजार एक सय ७५ हजार रुपैयाँ ८१ पैसा जरिबाना र एक वर्ष कैद सजाय माग गरेको छ ।
अख्तियारले आयोजनाका कार्यकारी निर्देशक कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईं, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत् विकास विभागका तत्कालीन कानुन अधिकृत राजेशकुमार थापा र अस्ट्रेलिया, अमेरिका र नेपालको संयुक्त उपक्रम (एसएमईसी) का नेपाल प्रतिनिधि उदीपलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले १३ करोड ६२ लाख २७ हजार १६५ रुपैयाँ ८१ पैसा जरिबाना र एक वर्ष जेलसजाय माग गरेको छ । अख्तियारले २७ करोड २४ लाख ५४ हजार ३५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार गर्ने उद्देश्यले निर्णय भएको तर लेनदेन भइनसकेको अभियोगपत्रमा उल्लेख गरेको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ३ अनुरूप सजाय माग गरिएको छ । उक्त दफामा भ्रष्टाचार निवारण ऐनअन्तर्गत सजाय हुने कुनै कसुरको मतियारलाई त्यस्तो कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्