
काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको इच्छा विपरीत सार्वजानिक विदा दिइएको खुलासा भएको छ ।जर्वजस्ती विदा लादेर उनले राष्ट्रपतिको निस्कलंक छवि धमिल्याउने चालबाजी रचेका हुन ।
यसरी राष्ट्रपतिको गरिमा माथि नै आँच आउने गरी प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्न खोज्नुको पछाडि गत कार्तिक १७ मा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा दिएको सार्वजानिक विदाले काम गरेको छ । उक्त दिन सरकारले सार्वजनिक विदा दिँदा नागरिकहरु प्रधानमन्त्ती पुष्पकमल दाहालप्रति तिखो आलोचना गरेका थिए । त्यही लाजछोप्न प्रचण्ड सरकारले सोमबार राष्ट्रपति भण्डारीको भारत भ्रमणमा बिदा दिन लागेको राष्ट्रपति कार्यालयका कर्मचारीहरु बताउँछन् ।
राष्ट्रपति कार्यलयका कर्मचरीहरुका अनुसार राष्टपति भण्डारी आफ्नो भ्रमणका दिन बिदा दिन नहुने पक्षमा थिइन् । कार्यलयका कर्मचारीले भने ‘भारत भ्रमणका विषयमा छलफल गर्न आइतबार राष्ट्रपति कार्यालयमा कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारहरुको बैठक बोलाइएको थियो । बैठकमा समेत राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा बिदा दिन नपर्ने बताएकी थिइन् ।
सरकारले बिदा दिन हल्ला चलेपछि राष्ट्रपति कार्यलय सल्लाहकार सुशील प्याकुरेल समेत यो विषयमा मुख खोलेका थिए ।तर,ज्वरो र झाडापखालाले थला परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित सरकारी निवासमा मन्त्रिपरिषद्को बैठक बोलाए र आइतबार दिउँसो राष्ट्रपतिको इच्छाविपरीत सार्वजनिक बिदाको निर्णय गराइयो । उक्त बैठकले राष्ट्रपति भारत भ्रमणमा निस्कने दिने सोमबार र फर्कने दिन शुक्रबार सार्वजानिक बिदा दिने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयपछि राष्ट्रपति कार्यालयका कर्मचारी र सल्लाहकारहरु समेत अचम्ममा परेका छन ।
भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजानिक विदा दिने निर्णय गरेका कारण आफ्नै पार्टीका नेतादेखि सर्वसाधारण समेतको तारो बनेका प्रचण्डले आफूमाथि लागेको उक्त आरोप मेटाउनका लागि राष्ट्रपति भण्डारीलाई बिवादमा तान्ने चलाखीपूर्ण निर्णय भएको राष्ट्रपति कार्यालयका कर्मचारीहरुले अर्थाएका छन । – एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्