
काठमाडौ – आफुलाई बरिष्ठ उपप्रधानमन्त्री नबनाएको भन्दै गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनाम दिने भएका छन् । बरियता विवादका कारण असन्तुष्ट बन्दै आएका उपप्रधान तथा गृहमन्त्री निधी राजिनामा दिने मनस्थितिमा पुगेका हुन् ।
आफ्नै पार्टी नेतृत्व र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि असन्तुष्ट निधी केही दिनभित्रै राजिनामा दिने मनस्थितिमा पुगेका उनि निकट स्रोतको भनाइ छ ।
श्रोतका अनुसार आफूलाई बरिष्ठ उपप्रधानमन्त्रीको बरियतामा राख्ने प्रतिबद्धता ब्यक्त गरेपनि राप्रपा अध्यक्ष एवम उपप्रधान तथा संघीय मामिला मन्त्री कमल थापालाई आन्तरिक रुपमा दोस्रो बरियताको उपप्रधानमन्त्री बनाउने गरी नेतृत्वले आन्तरिक सहमति गरिसकेको सूचना पाएपनि निधिले अपमानित भएको निष्कर्ससहित राजिनामा दिने मनस्थितिमा पुगेका हुन्।
त्यस्तै निधीले स्थानीय तहको निर्वाचन अघि नै संविधान संसोधन गरेर मधेसी मोर्चालाई समेत साथ लिएर निर्वाचनमा जानु पर्ने लाईन अगाडि बढाईरहेकोमा आफ्नै पार्टी नेतृत्वले पनि पहिला निर्वाचन अनि संसोधनको कुरालाई लाइन लिएपछि उनी थप रुष्ट बनेका श्रोतको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्