
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आगामी ३१ वैशाखका लागि घोषित स्थानीय तहको निर्वाचन खारेजीको माग गरेको छ ।
सो पार्टीले स्थानीय तहको निर्वाचन खारेज नभए मुलुक द्वन्द्वमा जाने चेतावनी समेत दिएको छ । पार्टीको पश्चिम ताम्शालीङ ब्युरोले शुक्रबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले ‘फाँसीवादी संसदीय व्यवस्था’ संस्थागत गर्न हुन लागेको स्थानीय निर्वाचन कुनै हालतमा सफल हुन नदिने बताए ।
‘फाँसीवादी संसदीय व्यवस्थाको संस्थागत विकासका लागि हुन लागेको स्थानीय तहको निर्वाचन हुन दिँदैनौं’, उनले भने, ‘यदि जबर्जस्ती निर्वाचन गराइयो भने मुलुक द्वन्द्वमा जान्छ ।’ उनले निर्वाचनको विपक्षमा आफूहरुले शान्तिपूर्ण रुपमा गरेको विरोध सभा तथा प्रदर्शनमा सुरक्षाकर्मीले हस्ताक्षेप गरेर लोकतन्त्रको मान्यताविपरीत काम गरेको टिप्पणी गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा प्रहरीले आफ्ना कार्यक्रम बिथोलेको आरोप लगाए । बिहीबार भरतपुरमै आयोजित चुनावविरोधी सभा प्रहरीले बिथोलेको थियो । सभालाई सम्बोधन गर्न गएका बास्तोलालाई प्रहरीले गिरफ्तार गरेर केही घण्टापछि छाडेको थियो । ‘आफैंले बनाएको संविधान प्रयोग गरेर शान्तिपूर्ण सभा/सम्मेलन गर्न नदिने किन आदेश दिएको ?’, प्रधानमन्त्री र गृहमन्त्रीतर्फ संकेत गर्दै बास्तोलाले भने । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्