Skip to content
LAXMI SUNRISE BANK

छोरी जन्मँदा प्रमिलाले किन पाइन् १० हजार ?

अर्थ सरोकार

काठमाडौं – दोलखाकी प्रमिला सुवालले छोरी जन्मदा कसैले प्रोत्साहनस्वरुप पैसा देला भन्ने सोचेकी पनि थिइनन् । बच्चा जन्मनेबित्तिकै अस्पतालका नर्स र अक्य स्टाफले उनलाई बधाइ दिएपछि मात्रै उनले त्यो रहस्य थाहा पाइन् ।

शनिबार बनेपाको अभाव बचत तथा ऋण सहकारी संस्थाले अस्पतालमै गएर दिएको १० हजार रकम पाएपछि उनी थप खुसी भइन् । आजको कान्तिपुरमा खबर छ । ‘छोरी पाउँदा समाजमा हेला गर्ने गरिन्छ, त्यसो नहोस भनेर प्रोत्साहन गर्नुभएको होला’ प्रमिलाले भनिन्, ‘पैसा छोरीको शिक्षामा खर्च गछौं ।’ सहकारीले यसअघि नयाँ बर्षमा जन्मने पहिलो बालिकालाई १० हजार दिने घोषणा गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK