
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – किशोर महर्जन सिभिल बैंकबाट बाहिरिएका छन् । बैंक स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका उनी सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङले हेपाहा प्रवृति देखाएको भन्दै बैंकबाट बाहिरिएका हुन् । उनको कार्यकाल अझै ३ महिना बाँकी थियो ।
इक्षाले हटाउने इक्षा राखेपछि…
बफिया विधेयक पारित हुँदा बैंकको सञ्चालक समितिले डेपुटी सीइओ गोविन्द गुरुङलाई कामुको जिम्मेवारी दिएपछि ‘फायर’ भएका महर्जनले आफु हेपिएको महसुस भएको भन्दै तीन महिनाअघिनै बैक छोडेको उनी निकट बैंकरहरुको भनाई छ । यसो त बाफिया पारितसँगै अध्यक्ष तामाङलेपनि बैंक छाड्नु पर्ने भएपनि कसैगरीपनि महर्जनलाई निकाल्ने डिजाइनमै तामाङ रहेको र सो प्लान थाहा पाएपछि महर्जनले ‘सेफ ल्याण्ड’ खोजेको विश्लेषणपनि गरिएको छ।
यस्तो छ महर्जनको करियर यात्रा
सन् १९८४ जनवरीदेखि नेपाल बैंकबाट करियर सुरु गरेका उनी सन् १९८५ मा उनी राष्ट्रिय बाणिज्य बैंक गएका थिए । त्यसपछि १९८६ मा तत्कालिन इन्डोसेज बैंक अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंक गएका उनी सन् १९९४ मा हिमालयन बैक गएका थिए भने सन् २००७ मा सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भए । तर सनराइजमा पनि सञ्चालक समितिले अनावश्यक हस्तक्षेप गरेपछि उनी उक्त जागिर छोडेर २००९बाट सिभिलमा काम गरिरहेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्