![]() |
| समाचार प्रतिनिधि तस्बिर |
काठमाडौँ: प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेताहरुले मधेसवादी दलसँग सहमति गरेर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद र पार्टी जिल्ला सभापतिबीचको छलफलबाट मधेसवादीलाई सहमतिमा ल्याउन निर्वाचन कम्तिमा १० देखि १५ सार्न सुझाव आएको हो । कारोबारमा खबर छ।
केन्द्रीय सदस्य अजयकुमार चौरसियाले मधेसका समस्या समाधान गरेर मात्र निर्वाचनमा जान पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको बताएका छन् ।
समस्या समाधान गर्न एमाले लचक नभएको र मधेसवादी दल आफूले उठाएका विषय टुङ्गो नलागी निर्वाचनमा नजाने अडानबाट बीचको बाटो निकालेर स्थानीय तहको निर्वाचन गरिनुपर्नेमा उनले जोड दिए ।
अहिलेकै अवस्थामा २ नं प्रदेशमा निर्वाचन गरिए जनधनको क्षति हुनेतर्फ आठवटा जिल्लाका पार्टी सभापतिले नेतृत्वलाई जानकारी गराउँदै मधेसवादीलाई सहमतिमा ल्याउन १० देखि १५ दिन सार्न सुझाव दिएका हुन् ।
प्रदेशका जनता र मधेसवादी दलका नेता पनि निर्वाचनका लागि सकारात्मक रहेकाले छिटो सहमति गरी निर्वाचनको वातावरण बनाइनुपर्ने धेरैको माग रहेको सर्लाहीका पार्टी सभापति नागेन्द्रकुमार रायले बताए ।
छलफलमा महोत्तरीका सभापति महेन्द्रकुमार राय, पर्साका अजय द्विवेदी, रौतहटका कृष्ण यादव, धनुषाका रामसरोज यादव, सप्तरीका दिनेश यादव, बाराका जयचन्द्र चौरसिया, सिराहाका सभापति रामचन्द्र यादव, केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सांसद सुरेन्द्र चौधरीलगायतले २ नं प्रदेशका गाउँपालिका र नगरपालिकाको निर्वाचन यथास्थितिमा गर्न नसकिने भएकाले निर्वाचनको वातावरण बनाउन सहमति गरिनुपर्नेमा जोड दिएका थिए ।
बैठकको सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् केन्द्रीय सदस्य रमेश लेखकले सहमतिका लागि मधेसवादी दलकै सहमतिमा संशोधन प्रस्तावलाई परिमार्जन गरी व्यवस्थापिका-संसद्मा दर्ता गरिएको जानकारी गराराएका थिए ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवलगायतले २ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुको विचार सुनेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्