
काठमाडौं – झण्डै चार साता देखि अवरुद्ध मन्त्रिपरिषद्को बैठक आज बस्ने तय भएको छ । आज अपरान्हतीन बजेका लागि मान्त्रीपरिषद्को बैठक बस्ने तय भएकोे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । विगत चारसाता देखि उपप्रधानमन्त्रीद्धय कमल थापा र विमलेन्द्र निधिबीच देखिदै आएको वरियताक्रम विवादको विषयलाई लिएर मन्त्रिपरिषद्को बैठक प्रभावित हुँदै आएको थियो । अन्तत: देउवाको धम्कीपूर्ण अभिव्यक्ति पछि निधि साइजमा आएका हुन । प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यो विवाद मिलाउन पटक पटक छलफल भएको थियो । अन्तिममा निधिले आफु तेस्रो स्थानमा बस्नका लागि राजी भएसँगै यो विवाद हालका लागि टुंगो लागेको छ ।
यस अगाडि निधिले आफू कमल थापा भन्दा पछिल्लो वरियताक्रममा बस्दै नबस्ने अडान लिएका थिए । यता बिहीवार मन्त्रीहरुलाई भेला गरेर प्रधानमन्त्रीपछिको वरियताक्रम नपाए राजीनामा दिन्छु भनेका विमलेन्द्र निधि भने अहिलेको उकुसमुकुस सहेर भए पनि गठबन्धन जोगाउन कमल थापा भन्दा तल्लो वरियताक्रममै सरकारमा बस्न राजी भएका काग्रेस स्रोतको दाबी छ । कमल थापा भन्दा तल बस्दिनँ भनेर जिद्दी लिए भोलि देउवाको नेतृत्वमा सरकार बनाउँदा राप्रपाले साथ नदिने डर भएको भन्दै निधिलाई देउवाले हकारेका थिए ।
कांग्रेस स्रोतका अनुसार देउवाले निधिलाई वरियतामा धेरै किचकिच नगर्न भन्दै हप्काएका छन् । कमल थापा भन्दा तल्लो वरियतामा बस्न निधिले नमाने आफू प्रधानमन्त्री हुने वातावरण टर्ने वताउँदै देउवाले गठबन्धन जोगाउनका लागि पनि थापा भन्दा तल बस्न निर्देशन दिएका हुन् । ‘कस्तो कुरा गर्या यार गठबन्धन जोगाउनु पर्दैन ? तिमी मात्रै भएर हुन्छ ? भोलि म हुनु पर्दैन ?’ देउवा निधिबीच भएको संवाद उद्धृत गर्दै स्रोतले भन्यो, ‘धेरै किचकिच नगर के अब ।’ – एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्