
काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीका डीआईजी नवराज सिलवालमाथि छानविन लगायतका कुनै पनि कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशहरु जगदिश शर्मा पौडेल, ईश्वर खतिवडा र तेजवहावदुर केसीको संयुक्त इजलासले अदालतमा बिचाराधीन मुद्दाको किनारा नलागेसम्म कुनै कारवाही अघि नबढाउन आदेश दिएको हो । आईजीपी नियुक्तिमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको मुद्दाको बैशाख १९ गतेबाट पूर्ण इजलासले सुुनुवाई हुँदैछ ।
अब त्यसअघि सिलवालमाथि सरकारले कुनै कारवाही चलाउन नपाउने आदेश जारी भएको सिलवालको पक्षमा बहस गरेका नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले बताए । सरकारी कागज किर्ते गरेको अभियोगमा सरकारले डीआईजी सिलवालमाथि छानविन थालेको थियो । डीआईजीकै नेतृत्वमा बसेको छानविन समितिले सोमबार सिलवाललाई पक्राउ गरेर बयान लिने प्रयास गरेको थियो । तर, बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेपछि सिलवाल छुटे । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्