निर्वाचन कार्यालय घेराउ गर्न कान्तिपथ पुगेका नयाँ शक्ति नेपालक संयोजक डा बाबुराम भट्टराईलाई पक्राउ गरेर प्रहरीले अहिले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।
गिरफ्तार परेका डा. भट्टराईले पुलिस क्लब भित्रै लोकतान्त्रिक मूल्य मान्यताविपरित संविधान मिचिरे दलीय चुनाव चिन्ह खोसिएको भन्दै त्यसको विरुद्धमा हाम्रो आन्दोलन सुरु भएको बताएका छन् ।
उनले भने- ‘लोकतान्त्रिक मूल्य मान्यताविपरित संविधान मिचियो, दलीय चुनाव चिन्ह खोसियो, त्यसको विरुद्धमा हाम्रो आन्दोलन सुरु भएको छ । जबसम्म यो सरकारले दलीय चुनाव चिन्ह दिंदैन र चुनावको वातावरण सुनिश्चित गर्दैन, त्यतिबेलासम्म यो आन्दोलन जारी रहन्छ । दलीय चुनाव चिन्ह पाउनु हाम्रो अधिकार हो । निर्दलीय पञ्चायती व्यवस्था जस्तो होइन यो, म आफैं जीवनभर बहुदलीय लोकतान्त्रिक व्यवस्थाका निम्ति लडेको छु । बहुदलीय लोकतन्त्र भनेको चुनाव चिन्हसहित चुनाव लड्न पाउनु हो । त्यो अधिकारको जुन ढंगले हत्या गरिएको छ, जुन तीन दलीय सिन्डिकेट कांग्रेस, एमाले र माओवादीले जारी गरेका छन्, हामी त्यसको विरोध गर्छौं र यसका विरुद्ध लड्छौं ।’
नयाँ शक्ति पार्टी, नेपालले निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दवाव दिन आइतबार काठमाडौंस्थित निर्वाचन आयोगमा धर्ना दिएको छ । नयाँ शक्तिसहित दलीय चुनाव चिन्ह नपाएका अन्य दलहरुले संयुक्त रुपमा निर्वाचन आयोगमा धर्ना दिएका हुन् ।
कान्तिपथस्थित निर्वाचन आयोग अगाडिको सडकमा नाराबाजीसहित धर्नामा बसेका नेताकार्यकर्ताहरुले पटकपटक निर्वाचन आयोगसम्म जान दिन सुरक्षाकर्मीहरुलाई आग्रह गरेका थिए । तर, आयोग परिसरभन्दा करिब १०० मिटर टाढादेखि नै प्रहरीले निषेधित क्षेत्र भन्दै आयोग परिसरमा जानबाट रोकेको थियो ।
प्रहरीले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, सांसद् गंगा चौधरी, हिसिला यमी, परशुराम तामाङ, रामकुमार शर्मा, सीपी गजुरेललगायत ५०÷६० जना नेताकार्यकर्ताहरुलाई गरिफ्तार गरेको हाे । नयाँ शक्ति, वैद्य माअाेवादी लगायतका दलीय चुनाव चिन्हबाट बञ्चीत दलहरुले काठमाडौंलगायत आज आइतबार देशभरका निर्वाचन कार्यालयहरुमा धर्ना दिएका छन् भने सोमबार पनि धर्ना जारी रहनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्