
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अहिले नेपाली सेयर बजारमा उछाल आएको छ । आइतबार कारोबार सुरु भएदेखिनै निरन्तर बढिरहेको बजार आइतबार कारोबार समय सकिन डेढ घण्टा बाँकी छँदै सर्किट ब्रेक लागेर बन्द भएकको थियो । आइतबार बजार ७९.४७ अंकले बढेर १६६७.११ अंकमा कायम भएको छ । ‘यसरी निरन्तर बजार बढेका बेला बजार घट्छ भन्ने रटान लाउने दुर्गाप्रसाद काफ्ले के सोच्दै होलान् ?’ अर्थ सरोकार डटकमको इडीटोरियल बैठकमा एक सहकर्मीले कुरै कुरामा प्रसङ्ग उठाएपछि हामीले दुर्गा काफ्लेलाई फोन गर्यौं ।
‘नेपाल सानो अर्थतन्त्र भएको देशहो , जहाँ जे का लागि पनि बिदेशीसँग निर्भर हुनुपर्ने अवस्था छ । नेपालको पूँजी बजार अस्थिर छ । जोखिम बढी छ ।’ उनले हाम्रो हाइ हल्लोमा सेयर बजारका कुरा गरिहाले । ‘बजार त बढेको बढ्यै छ नि ?’ हाम्रो प्रश्न सक्किन नपाउँदै उनी फेरी बोले, ‘ठुला लगानीकर्ताले आफ्नो सेयर बेचेर कमाउने वातावरण बनाइरहेका छन् । उनीहरु किन्नुपरे जवरजस्त बजार घटाउने वातावरणपनि बनाउने गर्छन् ।’ उनले उत्तर फर्काए । ‘त्यसकै पछाडी साना दगुर्छन्। ‘ उनले अगाडी थप्दै भने, ‘साना लागानीकर्ताले आफैं निर्णय गर्न सक्दैनन् र हल्लाको पछि लाग्छन् । त्यहि भएर धेरै फसेका छन् ।’
बजार अझ बढ्ने आशा छ नि ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘बढेर त्यहि ठाउँमा बजार बसेको स्थिति छैन । बजार बढेपछि नमज्जासँग तल झरेको इतिहास हामीसँग छ । ११७५ मा पुगेको बजार २९२ मा पुग्यो १८८१ मा पुगेको बजारले १२०० छोयो । यो सब किन भइरहेको छ भन्ने बुझ्न जरुरी छ । हल्लाले मात्र बजार माथि लगिंदैछ । विचार गर्नुपर्छ ।’ ‘चुनाव हुने वाला छ, अव त बजार अझ बढ्छ नि होइन ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, अहिले यहि हल्लाले साना लगानीकर्ता फसाईदैछ, चुनाव मात्र भएर बजार दिगो हुँदैन । केहि समयलाई मात्र बढ्ने हो । नेपालको अर्थतन्त्र बढेमात्र पूँजी बजार बढ्ने हो ।
‘अव के गर्ने त ?’ हाम्रो प्रश्नमा उनी भन्छन्, बजार घटेको बेला सेयर किनेका लगानीकर्ताले अहिले बेच्ने हो । नाफा बुक गर्ने हो । लोभले लाभ लाभले बिलाप हुन सक्छ फेरी । इन्सुरेन्सका लगानीकर्ताहरु सचेत हुनुपर्छ । जस्ता कम्पनीपानी माथि जानु ठिक हो वा होइन, आफैं सोच्नुपर्छ । तर फस्ने जोखिम धेरै हुन्छ। ‘
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्