- अर्थ सरोकार सम्बाददाता
अभियुक्त रविचन्द्र खनालविरुद्ध बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी दिएको छ भने यो घटना सँगै फेवा विकास बैंकमा कार्यरत लक्ष्मी देवकोटापनि फरार भएकी छिन् ।
यता कैलास बिकास बैंकका सीइओ कृष्ण राज लामिछानेका अनुसार कैलास बिकास बैंकबाट करिब डेढ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ । उनका अनुसार चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको हाम्रो सिस्टमले देखाएको थियो । बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी सम्पर्कविहिन भएका छन् । उनका अनुसार बैंकले भियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । भने बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । ‘टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउछ र त्यसपछि ठगीको विवरण आउँछ। ‘ उनले भने।