×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोल्छाकै पल्ला भारी : कालोबजारी गरेर जनता लुटिरहेका गोल्छा नक्कली भ्याट बिल प्रकरणका समेत दोषी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गोल्छाकै पल्ला भारी : कालोबजारी गरेर जनता लुटिरहेका गोल्छा नक्कली भ्याट बिल प्रकरणका समेत दोषी !

Artha Sarokar

२९ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शेखर गोल्छा । जो अहिले उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षमा भीड्न लागेका छन् । चुनाव जित्नैका लागि रस्कीको खोलो बगाउनेदेखि पैसाको बिटो फ्याकेको भन्ने आरोप लागेका गोल्छा अहिले पनि मोटरसाइकल बेच्ने बहानामा जनतालाई लुटिरहेको तथ्य हामीले यसअघि नै प्रकाशन गरिसकेका छौं ।   बजाज कम्पनीका मालिक रहेका गोल्छाले बिगत लामो समयदेखि कालोबाजारी ऐन विपरित गैरकानुनी धन्दा चलाएर जनता ठगीरहेका उनी अर्थात शेखर गोल्छा यसअघि पनि अरु गैर कानुनी काममा संलग्न भएको पाइएको छ । उनी केहिबर्ष अघि नक्कली भ्याट बिल प्रकरणमा समेत मुछिएको खुलासा भएको छ । उनी र किशोर  प्रधानबीच बरिष्ट उपाध्यक्षमा भीडन्त हुन लागेको हो ।

यस्तो थियो नक्कली भ्याट बिल प्रकरण :
केहि बर्षअघि दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अन्र्तगतको हिम इलेक्ट्रोनिक्सकोले छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट विल फेला परेको थियो । हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदियमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ । भ्याट बिल प्रकरणमा परेको अघिल्लो बर्ष  गोल्छा समूहकै अर्को र्फम नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो । यही कम्पनीले अगि्रम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकाको घेरामा राखेको थियो । यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो । तर पछि पुतलिसडकको एउटा र्फममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट विल फेला पारेपछि भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो ।

बजाज ब्राण्डका मोटरसाइकल बेच्दा पनि यसरि  जनता लुटिरहेका छन् गोल्छा 
बजाज ब्रान्डका मोटरसाईकल बेच्ने गोल्छा ग्रुपकै कम्पनी हंसराज हुलासचन्द गोल्छा एंड कम्पनी प्रालिले कालोबजारी गरेर जनता लुटीरहेको छ । कालोबजारी ऐन अनुसार कुनै पनि सामान बेच्दा २०% भन्दा बढी नाफा राख्न नपाउने भन्ने स्पष्ट नियम भएपनि गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको छ । कम्पनीले ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिरहेको छ । जुन सरासर गैरकानुनी हो ।
गोल्छा ग्रुपले यतिसम्म लुट मच्चाईरहेको छ कि डिस्कभर १२५ ड्रम बाइकमा कम्पनीले ४१ प्रतिसत नाफा कुम्ल्याईरहेको छ । कम्पनीले १ लाख २२ हजार पाँच सय १० मा सबै कर र राजस्वसमत तिरेर ल्याएको बाइक एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ । जुन तथ्य पनि सरासर कालोबजारी हो । २०% भन्दा बढी नाफा खान नपाइने भएपनि कम्पनीले पल्सर २०० आरएस बाइकमा २३ प्रतिसत नाफा खाएर नेपालीहरुलाई ठगी गरिरहेको छ । त्यतिमात्र कहाँ हो र ? कम्पनीले बिक्रि गर्ने अधिकांस समानमा जनता ठगिने गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी