- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनको मुल्यमा वृद्धि भएको छ । मंगलबार ५४ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ७ सयले बढेर ५५ हजार ४ सयमा कारोबार भैरहेको छ ।
त्यसै गरि चाँदीको मूल्य १० रुपियाँ वृद्धि भएर प्रति तोला ८ सय १० रुपियाँ भैरहेको सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ४ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ९४ रुपैयाँ ५ पैसा कायम गरेको छ।