- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोश्रो दिन सोमबार सुनको मूल्यमा स्थिर रहेको छ । आइतबार प्रति तोला ५४ हजार ४ सयमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोहि मुल्यमा कारोबार भईरहेको छ।
त्यस्तै गरि चांदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ६ सय ४० रुपियाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ८१ रुपैयाँ ५ पैसा कायम गरेको छ।