- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आईतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार २ सयले बढेर प्रति तोला ५४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेकोले प्रति तोला ७ सय ७० रुपियाँमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ७० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ६० रुपियाँ कायम गरेको छ।