साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै चांदी तोलामा सोहि मूल्य ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।