- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला ५५ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य २ सयले घटेर मंगलबार प्रति तोला ५५ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदी सोहि मूल्य ७ सय ९० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार २ सय ४० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ७७ रुपियाँ ५ पैसा कायम गरेको छ।