- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार १ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ४ सयले घटेर प्रति तोला ५४ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य १० रुपियाँले घटेर प्रति तोला ७ सय ८० रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ। महासंघले बुधरबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय ९५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ६९ रुपियाँ कायम गरेको छ।