×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन गोयन्का स्टिल र एभरेष्ट रोलिंग इन्डष्ट्रीजको ठगी धन्दा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रोकिएन गोयन्का स्टिल र एभरेष्ट रोलिंग इन्डष्ट्रीजको ठगी धन्दा !

Artha Sarokar

२८ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही – हुन त फलामे छडले सोझा नेपालीलाई ठगेको कुरा नौलो होइन । यसअघि पनि निकै नै राष्ट्रवादी ठान्ने जगदम्बा स्टिलले सोझा नेपाली ठगेको खबर सार्वजनिक भएको थियो । यस्तै गत भाद्रमा भारतीय गुणस्तरहिन छडमा आफ्नो कम्पनिको ट्याग लगाएर विक्री वितरण गर्ने गरेको गोयन्का स्टिलविरुद्ध तत्कालीन समयमा उपभोक्तालाई ठगेको भन्दै कारबाहिको माग गर्दै उपभोक्ता मञ्च नेपाल रुपन्देहीले जिल्ला प्रशासनमा उजुरी दिएको थियो । तर त्यतिबेला थामथुम भएको यो केस पुन बल्झिएको छ । अर्थात कम्पनीले गरिरहेको गलत धन्दा भने रोकिएको छैन । 
गत भाद्रमा मंचक अध्यक्ष लक्ष्मण बैदवार क्षेत्रीले जिल्ला बजार अनुगमन समिती तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भदौं १६ गते निवदेन पेश गर्दै उपभोक्तालाई झुक्काई छड बेच्ने तथा ठग्ने उद्योगलाई कारबाही गर्न माग गरेका थिए । मन्चले आम उपभोक्ता ठग्ने उद्योगीलाई उपभोक्ता नियमावली २०५६ अनुसार कारबाहि गर्न माग गरेको थियो । 
तर अहिले पनि यो क्रम रोकिएको छैन । नेपालको छडको ग्रेड ५ सय हुने गरेकोमा भारतीय छड साढे ३ सय देखी बढीमा ४ सय हुने गरेको छ । भारतीय छडमा टयाग लगाएर विक्रीमा राखिएको छड भैरहवाको हार्डवेयरहरुमा छयाप्छप्ती पाउन सकिन्छ जुन सरासर गैरकानुनी काम हो । सो छड उपभोक्ताहरुले गोयन्का स्टिलको छड भनेर किन्ने गरेका छन् । 
यसो त मञ्चको उजुरी बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले अबैध ढंगले कारोबार गर्ने जो कोहीलाई पनि कुनै कसुर नराखी कारबाहि गर्ने जनाएका थिए । तर सबैलाई थामथुम गराएर अहिले पनि कम्पनीले ठगी धन्दा चलाईरहेको छ । अहिले पनि गोयन्का स्टिलले अबैध तरिकाले भारतबाट छड आयत गरी सो छडमा आफ्नो टयाग लगाएर बेच्ने गरेको पाइएको छ । ‘मार्केटेड बाई गोयन्का’ स्टिल भन्ने ट्याग लगाएर अहिले पनि भारतको गुणस्तरहिन छड विक्री वितरण भइरहेको छ । बिगतमा पनि कम्पनीले यस्तै गलत धन्दा गरेको थियो । 
नक्कली बिलको बिगबिगी उस्तै :
यता गुणस्तरहिन समान बेचिरहेको प्रकरण एकातर्फ छ नै अर्कोतर्फ एभरेष्ट रोलिंग इन्डष्ट्रीज प्रा.लि. नामक कम्पनीले ग्रील उत्पादन गर्ने बैधानिकता भएता पनि सो फ्याक्ट्रीका सन्चालक अरुण गोयन्काले भारतबाट छड ल्याई एभरेष्ट रोलिंग इन्डस्ट्रीजको नाममा लाखौं मूल्यको बिलविजक जारी गर्ने गरेका विगतको कर्तुतलाइ अझै पनि निरन्तरता दिएका छन् । गैर कानुनी काम भएपनि सबैतिर सेटिङ मिलाएर यस्तो गैरकानुनी धन्दा चलिरहेको छ । 
गत भ्राद्रमा यस्तो प्रमाण फेला परेको थियो । एभरेष्टको ३०००२८४५६ नम्बरको पान नम्बरबाट जारी गरिएको बिल नम्बर ११५३ को बिल नम्बरले ओम शिव हार्डवेयर भैरहवालाई पठाएको १७ लाख ३० हजार ५ सय ९४ मूल्यको छड विक्रीले उसको अबैधतालाई पुष्टि गर्दछ । एभरेष्टले अहिलेसम्म अरबौंको यस्तो गैरकानुनी कारोबार गरिसकेको स्रोतको दावी छ । 
जिल्लाका गणेश ट्रेडिंङ, अष्टकाली हार्डवेयर नया सडक, ओमशिवशक्ति हार्डवेयर लुम्बिनीरोड, महाविर हार्डवेयर लुम्बिनीरोड लगायतले भारतीय छडको विक्री वितरणमा वर्चस्व जमाउदैं आएका छन् भने जिल्लाका अन्य हार्डवेयरले पनि भारतीय छड विक्रीवितरण गर्ने गरेका छन् । यी ठाउँहरुमा गैरकानुनी रुपमा यस्ता छदको विक्री वितरण समेत हुने गरेको स्रोतको दावी छ । 
यस अघि पनि यस्तो गलत धन्दा चलाउने कम्पनीलाई जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधेको थियो । तर सबैतिर पैसाको चलखेल गरेर यो प्रकरणलाई थामथुम पार्न खोजिएको स्रोतको दावी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी