Skip to content

पूर्वराजा ज्ञानेन्द्र शाहले सोल्टी होटलमा यसरी वाड्दैछन आज आफ्नो खुसी

Dish Home

अर्थ सरोकार

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रपति, प्रधानमन्त्री देखि दलका नेताहरुसँग आफ्नो सम्बन्ध सुधार गर्ने कोशिस गरेका छन । आज राजधानीको होटल सोल्टीमा भव्य भोजको आयोजना गरी उनले आफ्नो सम्बन्ध सुधार्न खोजेको राजनीतिक विश्लेषकहरुले विश्लेषण गरेका छन ।
छोरा–बुहारी (पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी)बाट जन्मिएका हृदयन्द्रको ब्रतबन्धको अवसरमा ज्ञानेन्द्रले आज उनले पाँचतारे होटल सोल्टीमा भव्य भोजको आयोजना गरेका हुन् । ज्ञानेन्द्रले हृदयन्द्रको ब्रतबन्धको एक सातापछि सो भोजको आयोजना गरेका हुन् । हृदयन्द्रको ब्रतबन्ध निर्मल निवासमा गत चैत १७ गते सीमित आफन्तका माझ सम्पन्न गरिएको थियो ।
भोजमा ज्ञानेन्द्रले राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधानमन्त्री र मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेताहरू, धर्मगुरुहरू, उद्योग वाणिज्य महासङ्घ, च्याम्बर अफ कमर्स र सीएनआईका पदाधिकारी तथा सदस्यहरू लगायतलाई निम्ता गरेका छन् । सन्तमहन्थहरू, पत्रकारहरू, मिडिया व्यवसायीहरू, कलाकारहरू, संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरू, सामाजिक कार्यकर्ताहरूलगायत समाजको सबै क्षेत्रका अगुवाहरूलाई समेत निमन्त्रणा गरिएको पूर्वराजा निकट स्रोतले बताएको छ ।
ज्ञानेन्द्रले राष्ट्रपतिदेखि विभिन्न दलका नेतासहितलाई नातीको ब्रतबन्धमा बोलाउनुलाई उनले सबैसँग सम्बन्ध विस्तारको उद्देश्य राखेको विश्लेषण गरिएको हो । – एस काठमाडौं 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्