
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हाम्रो विकास बैंकले ६२.२८ प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ । यो त्रैमासमा बैंकले ३ करोड १० लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा हाम्रोले १ करोड ९१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले खुद व्याज आम्दानीमा पनि गत वर्षको तुलनामा ५८.५७ प्रतिशतले बढोत्तरी गरेर ६ करोड १९ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यस अवधिमा बैंकको खुद व्याज आम्दानी ३ करोड ९० लाख ६१ हजार रुपैयाँ मात्र थियो ।
हाम्रोले यो त्रैमास सम्ममा १ अर्ब १७ करोड ८४ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानी २९.३८ प्रतिशतले बृद्धि गरेर १ अर्ब २ करोड ७ लाख ५८ हजार रुपैयाँ पुर्याएको छ । सम्भावित जोखिमका लागि ७४ लाख ३६ हजार रुपैयाँ छुट्याएको बैंकले ३६ लाख २६ हजार रुपैयाँ राइट व्याक गरेको छ । बैंकले खराब कर्जालाई पनि घटाएर ०.८९ प्रतिशतमा सिमित राखेको छ । गत वर्ष यहि त्रैमासमा बैंकको खराब कर्जा १.४४प्रतिशत रहेको थियो । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी १५ करोड २९ लाख १६ हजार रुपैयाँ पुगेको छ । बैंकको रिजर्भ कोषमा भने ४ करोड ८३ लाख ९८ हजार रुपैयाँ जम्मा भएको छ । चुक्ता पुँजीको आधारमा हाम्रोले रिजर्भकोष बढाउनु पर्ने चुनौती देखिन्छ ।
हाम्रोले प्रतिसेयर आम्दानीमा पनि गत वर्षको तुलनामा ६ रुपैयाँ २१ पैसाले बढोत्तरी गर्न सफल भएको छ । यो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा रहेको छ भने गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी २० रुपैयाँ ८२ पैसा मात्र रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्