Skip to content
LAXMI SUNRISE BANK

हिसिला यमीको नारा ‘नेपाल देशलाई खारेज गर’(भिडियो सहित)

अर्थ सरोकार

‘यो देशलाई खारेज गर’ झट्ट यो नारा सुन्दा कुनै पनि राष्ट्रप्रेमी नेपालीको रगत उम्लन्छ । हो,अहिले यही नारा चर्चामा छ । यसरी नेपाल देशकै खारेजीको माग गरेर उर्फने अरु कोही होइन पूर्व प्रधानमन्त्री पत्नी तथा पूर्वमन्त्री हिसिला यमी । देश खारेजीको माग गर्दै हिसिलाले नारा लगाएसँगै यतिबेला सामाजिक सञ्जालमा उनी विरुद्ध खैरो खन्नेक्रम वढ्दै गएको छ ।
हिजो आइतबार निर्वाचन आयोग घेराउ गर्न गएकी यमीले सरकारले लगाएको निषेधित क्षेत्र तोड्नेक्रममा उनी सहित वावुराम भट्टराई,सीपी गजुरेल लगायतका नेताहरुलाई पक्राउ गरिएको थियो । 
आयोगमा धर्ना दिन क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनी सहित तीस नेता पक्राउ गरिएसँगै यमीले ‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाएको भन्दै विरोधको उनी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निशानामा परेकी हुन् ।
यहाँ हेर्नुहोस भिडियो
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हिसिला यमीलाई पक्राउ गर भन्ने टेण्ड नै चलाएका छन । ट्रेन्डिङको सुरुवात कांग्रेस सांसद धनराज गुरुङले गरे । यो सँगै एमाले पूर्व सांसद शान्त चौधरी, नयाँ शक्ति छोडेर हिजो मात्र फोरम लोकतान्त्रिक प्रवेश गरेका देव लिम्बु लगायतले गरेका थिए । सामाजिक सञ्जालमा यमीलाई कारवाहीको माग गरिएको छ । यस्तै सरस्वती सुव्वा,राजकुमार रेग्मी लगायतले यो टे«ण्ड नै चलाएका छन ।
– एस काठमाडौं 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK