×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकका ब्रान्च मेनेजर ८ करोडभन्दा बढी ठगेर ‘टाप’ ! घटनाबारे यसो भन्छन् बैंकका सीइओ:

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कैलाश विकास बैंकका ब्रान्च मेनेजर ८ करोडभन्दा बढी ठगेर ‘टाप’ ! घटनाबारे यसो भन्छन् बैंकका सीइओ:

६ बैशाख २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका ब्राञ्च म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ लिएर भागेका छन् । उनी विरुद्ध बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा उजुरी दिएको छ ।
‘करिब डेढ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ । चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको हाम्रो सिस्टमले देखाएको थियो । बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी सम्पर्कविहिन भएका छन् ।’ बैंकका सीइओ कृष्ण राज लामिछानेले भने । उनका अनुसार बैंकले भियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । भने बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । ‘टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउछ र त्यसपछि ठगीको विवरण आउँछ। ‘ उनले भने। 
खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्वसाधारणसँग पनि करिव ८ करोड रुपैयाँको हाराहारीमा उठाएर भागेको बुझिएको छ । यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) की प्रवक्ता मिरा चौधरीले बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको जानकारी दिइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: