
काठमाडौँ – काठमाडौं महानगरपालिकाका लागि मेयरका उम्मेद्धारको रुपमा पार्टीले उम्मेद्धारको रुपमा घोषणा नगरेको तर स्वधोषित उम्मेद्धारको रुपमा चर्चामा छाएका व्यक्ति हुन केशव स्थापित ।
अघिल्लो संविधानसभामा एमालेलाई हराउनकै लागि खडा भएका स्थापित अहिले पूरानै घर फर्किएका छन र दाबी गर्न थालेका छन आफू मेयरमा जितेको खण्डमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आयू बीस वर्ष थपिने। यस अगाडि ५४ सालमा अत्याधिक बहुमतले मेयरको चुनाव जितेका हुन स्थापितले ।
जीवनकालभरी एमालेकै लागि काम गरेको स्थापितको दाबी छ । स्थापित काठमाडौंको मेयरमा अरुको जित्ने सभ्भावना देख्छन तर आफूले जित्ने कुरा निश्चित रहेको जिकिर गर्दछन । काठमाडौं उपत्याकाको सबैभन्दा आकर्षण मानिने काठमाडौ महानगरपालिकामा मेयरका उम्मेदवारहरु स्वघोषित रुपमा प्रकट भइरहेका उनी काठमाडौंको भेयरमा एमालेले जितेको खण्डमा देशैभरी त्यस्ले प्रभाव पार्ने समेत दावा गर्दछन । स्थापितले उपमेयरको रुपमा स्व मदन भण्डारीको छोरी डा।उषा किरणको समेत प्रस्ताव गरेको बताएका छन् ।
आफूले गरेको झिना मसिना गल्तीहरु बिर्सिएर पार्टीले अब आफूलाई मेयरको टिकट दिनुपर्ने दाबी गर्दै स्थापितले एमाले पार्टीमा आफूले पुरा जीवन समर्पण गरेको बताउँदै भन्छन काठमाडौ महानगरपालिकामा चुनाव जित्नु भनेको पार्टी अध्यक्ष केपी ओलीको २० बर्ष आयु बढाउनु हो । – एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्