
नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जिभ सिंह पुरीको गोप्य योजनाको खुलासा भएको छ। भारतीय प्रोफेसर एवं नेपाल मामिलाका जानकार डा. एस.डी मुनीले पुरी हिन्दु राष्ट्रको मिसन बोकेर नेपाल आएको खुलासा गरेका हुन।

कार्यभार सम्हाले लगत्तै भेटघाटलाई तिब्रता दिएका पुरीले राप्रपाका अध्यक्ष कमल थापासंगको भेटघाटमा हिन्दू राज्य र राजसंस्थाका बारेमा गम्भिर चासो राखेका थिए। पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको संदेश थापालाई सुनाएको बुझिएको छ।
यसबारे प्रतिक्रिया दिने क्रममा मुनिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्– ‘भारतीय राजदूत पुरीले नेपालमा हिन्दू राष्ट्रको वकालत गरिरहेको रिपोर्ट आएको छ । त्यो भारत र नेपालको संविधान विपरित छ । यो विजेपीको लाइन हो, भारतको होइन् ।’
नवनियुक्त भारतीय राजदुतका रुपमा नेपालमा रहेका पुरी आफ्नो बसाइको एक सातामै निकै विवादास्पद समेत बनेका छन। नेपाल सरकार आफैले बनाउने निर्णय गरिसकेको फास्ट ट्रयाक परियोजना बनाउन भारत अझै इच्छुक रहेको बताएका थिए। यद्दपी नेपाल सरकारले भारतको उक्त चाँसो निकै ढिलो भईसकेको जवाफ दिइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्