
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५०% हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ करोड ५० लाख रुपैयाँको १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएकाले अब केही समयभित्र हकप्रद निष्कासन प्रकृया सुरु गर्ने कम्पनीले जनाएको छ । मिर्मिरेको १ः०.५० अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल मार्केट लिमिटेडले गर्दैछ ।
यसअघि मिर्मिरेले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ५०% बोनस सेयर दिइसकेको छ । हाल मिर्मिरेको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । यो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८४ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ०२ पैसा (वार्षिकीकरण) रहेको मिर्मिरेको प्रतिसेयर नेटवर्थ भने १७८ रुपैयाँ ८८ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्