
आफू विरुद्ध विशेष अदालतमा मुद्धा चलेपछि नालसिङगढ जलविद्युत परियोजनाका निलम्बित मोतिबहादुर कुँवरले अख्तियार माथि गभ्भीर प्रकृतिको आरोप लगाएका छन ।
आज एक दैनिक पत्रिकामा विज्ञप्ति प्रकाशन गरी अख्तियार जल माफियाको चंगुलमा परेर आफुमाथि मुद्दा लगाएको आरोप लगाएका हुन । उनले विज्ञप्तीमा परामर्शदाता छनोटमा कुनै अपारदर्शी काम नभएको भन्दै उनले उर्जा मन्त्रालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियार माफियाबाट प्रभावित भएको आरोप लगाएका छन ।
विज्ञप्तिमा उनले आफू इमानदार, कर्तव्यनिष्ठ, र निर्दोष राष्ट्र सेवक रहेको समेत बताएका छन । उनले आफूमाथि षडयन्त्रपूर्वक मुद्दा लगाइएको भन्दै त्यसलाई सतीले सरापेको देश’को संज्ञा दिएका छन ।
मन्त्रिपरिषद्बाट आयोजना विकास समितिलाई विघटन गराउने प्रस्ताव असफल भएपछि माफियाहरुले उर्जा मन्त्रालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियारलाई समेत दुरुपयोग गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।

विज्ञप्तिमा उनले भनेका छन, उत्कृष्ठ प्रगति हासिल गरेको राष्ट्रिय गौरवको आयोजनालाई हस्तक्षेप गर्नु राष्ट्रकै लागि दुर्भाग्य हो। नलसिङगाड जलविद्युत आयोजना विकास समितिलाई बेची खाने जल माफियाको यो ठूलो गेम प्लान हो । उनले छिट्टै षड्यन्त्रको सतहमा छताछुल्ल हुने समेत जनाएका छन ।
परामर्शदाता छनोटमा २७ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका कुँवरले विज्ञप्तीमा अगाडि भनेका छन कृपया सवैले हेक्का राख्नुहोला।
हामीलाई विश्वास छ, नलसिङगाड जलविद्युत आयोजनालाई माया गर्ने बहादुर जाजरकोटका विकासप्रेमी जनताहरुले नलसिङगाडलाई बेच्न दिने छैनन् र असली दलालहरुको भण्डाफोर गर्नेछन् । यो सत्य हो हामी निर्दोष छौँ ।’ – एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्