
- नवराज सुबेदी
आदरणीय समस्त लगानीकर्ता साथीहरु नमस्कार !
आगामी दिनमा सेयर बजारको भबिस्य अत्यन्तै उज्वल रहने कुरा सर्बबितितै छ । चैत्रको अन्तिम दिनदेखि कल अकाउन्टको अवधि सकिन गइ सस्तो ब्याजदरमा बैंकमै पैसा राख्नुको सट्टा सेयरबजारमा राम्रो प्रतिफल दिने कम्पनीमा लगानी गर्दा बढी प्रतिफल प्राप्त हुने भएकोले गर्दापनि आगामी हप्ता किन्नेकै चाप हुनेछ ।
बैकको ब्याज तिर्नको लागि आजसम्म बेच्नेलेमात्र पैसा पाउने भएको कारणले आगामी हप्ताबाट बेच्नेको भीड हुने छैन । अबको केहि दिनदेखिनै बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण निकै आकर्षक प्रकाशित गर्ने अनुमान लगानीकर्ताले लगाइसकेको हुनाले पनि यो आगामी हप्ता सेयर किन्ने दाउमा धेरै लगानीकर्ता रहेको पाइन्छ । आज सस्तो मुल्यमै सेयर फालेर भोलिका दिनमा त्यहि सेयर थप महङ्गोमा किन्नु पक्कै बुद्दिमानी हुने छैन ।
केहि साताभित्रै अनलाईन सिष्टमको आैपचारिक कार्यक्रम हुने भएकोलेपनि सेयर बजारमा थप उत्साह नै हुनेनै छ ।२०७४ बैसाख महिनादेखि ब्याजदरमा भारी मात्रामा गिरावट आउने आकलनपनि हुन थालिसकेकै छ ।चुनावी बर्ष साथै अनलाईनपनि आउने भएकोले २०७४ साल सेयर बजारको निकै सुखद रहने अनुमान लगाउन सकिन्छ ।
पछिल्लो समय दलाल व्यवसायीहरुले उपत्यका बाहिर सेवा बिस्तार गरिसकेको हुनाले पनि सेयरको माग बृद्दीनै हुनेछ । तसर्थ मेरो एकमात्रै आसय आगामी हप्ता कम्पनिको बिस्तृत अध्यायन गरी अर्थात BUY RIGHT HOLD TIGHT गरी अगाडी बढ्न मेरो ब्यक्तिगत सुझाब छ । निर्णय आफै गर्नुहोला । धन्यबाद ।
(नवराज सुवेदी सेयर लगानीकर्ता संघका महासचिव हुन् )
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्